इजरायलले गर्‍यो लेबनानसँगको सीमा सम्झौता अनुमोदन, ७४ वर्ष लामो द्वन्द्व समाप्त

इजरायलले गर्‍यो लेबनानसँगको सीमा सम्झौता अनुमोदन, ७४ वर्ष लामो द्वन्द्व समाप्त

[ad_1]

इजरायलले गर्‍यो लेबनानसँगको सीमा सम्झौता अनुमोदन, ७४ वर्ष लामो द्वन्द्व समाप्त

Photo Credit : Ammar Awad/Reuters

१० कात्तिक, जेरुसेलम । इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलको यो निर्णयसँगै भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै मुुलुक युद्धको अवस्थामा थिए ।

प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज एक विज्ञप्ति निकालेर दुई मुलकबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो ।

लेबनान र इजरायलले गत असोज २५ गते पूर्वीभूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए । उक्त घोषणाको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वागत गरेको छ ।

लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका हुन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वीभूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ । सिन्ह्वा

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्