रोल्पामा महिला समूहको व्यवसायिक फूल खेतीले कृतिम माला विस्थापित हुँदै

रोल्पामा महिला समूहको व्यवसायिक फूल खेतीले कृतिम माला विस्थापित हुँदै

[ad_1]

७ कात्तिक, रोल्पा । रोल्पाका महिलाहरुले फूल खेती गर्न थालेपछि प्लाष्टिकका कृतिम फूलमाला विस्थापित हुन थालेको छ ।

सुनिलस्मृति गाउँपालिका-२ खुंग्रीका महिलाहरूले सुरु गरेको सामूहिक पुष्प खेतीले प्लाष्टिकका कृतिम माला विस्थापित हुन पुगेको हो ।

सवणर्ावती स्वावलम्वन समूहका २८ जना महिलाहरू मिलेर सुरु गरिएको उक्त पुष्प खेती करिव डेढ रोपनी जग्गामा लगाइएको छ । तिहारलाई लक्षित गरेर ५५५ जातको पुष्प खेती गरिएको छ । अहिले फूल फूलेका छन् ।

फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पुष्प खेती सुरु गरिएको सुवणर्ावती स्वावलम्वन समूहका अध्यक्ष गीता योगीको भनाइ छ । ‘समूहमा आवद्ध महिलाहरूको आयआर्जनमा समेत टेवा पुर्‍याउने उद्देेश्यले पुष्प खेतीको सुरुआत गरेका हौं,’ योगीले भनिन ।

हाल प्रतिकिलो पाँच सय रुपैयाँका दरले बिक्री भइरहेको फूल बाह्रै महिना लगाउने गरी तयारी गरिहेको अध्यक्ष योगीले बताइन् । यसका लागि हामीलाई प्राविधिक सहयोगको आवश्यकता परेको छ ।

रोल्पामा महिला समूहको व्यवसायिक फूल खेतीले कृतिम माला विस्थापित हुँदै

तिहारको समयमा देश बाहिरबाट आयातित प्लाष्टिकका कृतिम माला विस्थापित गर्दै स्थानीय जातका सयपत्री फूलको प्रवर्द्धन गर्ने आफूहरूको लक्ष्य रहेको समूहमा आवद्ध महिलाहरुको भनाइ छ ।

आफूहरुले सुरु गरेको पुष्प खेतीवाटै फूल किन्न थालेसंगै प्लाष्टिकका कृत्रिम माला बिक्री वितरण हुन छाडेको सुवर्णावती स्वावलम्वन महिला समूहको भनाइ छ ।

आफ्नै घर आगनमा पुष्प खेती गर्न सकिने प्रशस्तै सम्भावना रहे पनि फूलकै लागि हरेक वर्ष ठूलो धनरासी विदेशिने गरेका कारण यसलाई रोक्ने प्रयासस्वरुप आफूहरूले सामूहिक पुष्प व्यवसाय गरेको महिला समूहको भनाइ छ ।

खुंग्रीबाट रोल्पा सदरमुकाम लिवाङ, सुलिचौर प्यूठानको भिग्रीलगायतका मूख्य व्यापारिक केन्द्रहरु नजिकै पर्दछन । यसका साथै प्यूठानको विजुवार, दाङको भालुवाङ, लमही पनि पुष्प व्यवसायका लागि नजिकका बजार हुन ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्