न्यूरोडका पसल सजाइएका फूलमाला र गेट हटाउँदै महानगर

न्यूरोडका पसल सजाइएका फूलमाला र गेट हटाउँदै महानगर

[ad_1]

६ असोज,काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको माला र गेट निकालेको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।

काठमाडौं महानगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न असर हुने गरी निर्माण भएको संरचना महानगरले हटाएको बताए ।

‘न्यूरोडका सुन व्यवसायीले बाहिर फलामका डण्डीको पुत्लासहित बनाएर, गेटले पनि हिंड्ने मान्छेलाई असहज हुनेगरी राखेपछि हामीले हटाएका छौं,’ पाण्डेले भने, ‘चाडपर्वको बेला भीडभाड धेरै हुन्छ, यस्तै बेला अनि पसलेहरुले पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको हो ।’

न्यूरोडका पसल सजाइएका फूलमाला र गेट हटाउँदै महानगरमहानगर प्रहरीले पसल बाहिरको मात्रै संरचना हटाएको भने पनि न्यूरोड क्षेत्रका व्यापारीले भने भित्तामा झुण्ड्याएको माला, सजावट समेत हटाएको दाबी गरेको छ।

‘महानगर प्रहरीले हामीले पसलमा चाडपर्वको लागि गरेको सजावट पनि उठाएर लगेको छ,’ एक व्यवसायी भन्छन्,’चाडपर्वमा त आफ्नो पसल सजाउन पाइन्छ । तर काठमाडौं महानगरले त्यो पनि दिएन ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्