कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

[ad_1]

काठमाडौं । दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ ।

उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो । ‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने ।

निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन् । उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।

कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ । हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहे पनि अधिकारीको आग्रहपछि रोकिएको छ ।

संघका कार्यवाहक अध्यक्ष सानुकुमार ताम्राकार लगायत सदस्यहरुले बारम्बार अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझिरहेको जानकारी पनि कलाकार संघले दिएको छ ।

कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्