सेपाकताक्रोका ६ मध्ये ५ स्वर्ण आर्मीलाई – Online Khabar

सेपाकताक्रोका ६ मध्ये ५ स्वर्ण आर्मीलाई – Online Khabar

[ad_1]

सेपाकताक्रोका ६ मध्ये ५ स्वर्ण आर्मीलाई – Online Khabar

आर्मीका सेपाकताक्रो खेलाडी ।

२ कात्तिक, कावसोती । पूर्वी नवलपरासीको कावासोतीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रोमा ६ मध्ये ५ स्वर्ण विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बुधबार सम्पन्न पुरुष रेगुतर्फको फाइनलमा आर्मीले गण्डकीलाई २–१ को सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।

आर्मीका सञ्जित धिमाल, सूर्य चौधरी, उमेश महतो, दिपेश जंग थापा रोशन तामाङको समूहले स्वर्ण जितेका हुन् ।

विभागीय टिम आर्मीले यो सँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिलातर्फका तीन वटै र डबल विधाका पुरुषतर्फका १ स्वर्ण र रेगु विधाको पुरुषतर्फ १ स्वर्ण गरी ५ स्वर्ण जितेको हो ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सञ्चालन भएको महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगितामा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्