नवौं राष्ट्रिय खेलकुद : सन्तोषीले किन ढोगिन् जुत्ता ?

नवौं राष्ट्रिय खेलकुद : सन्तोषीले किन ढोगिन् जुत्ता ?

[ad_1]

२ कात्तिक, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा बुधबार ५ हजार मिटर महिला दौडमा स्वर्ण जितिन् । उनले गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रियमा व्यक्तिगत स्वर्ण जितेकी हुन् ।

यसअघि १० हजार मिटरमा पनि स्वर्ण जितेकी सन्तोषीले दुवै स्पर्धामा नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन् ।

यसअघि १० हजार मिटरमा स्वर्ण जित्दा नै खुशी भएकी सन्तोषी ५ हजार मिटरमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य थियो । चोटसँग जुध्दै दौडिएकी सन्तोषीले स्वर्ण जिते पनि कीर्तिमान बनाउन भने सकिनन् ।

त्यसमा सन्तुष्ट नभए पनि दौड सकाएर स्वर्ण जित्दा भने खुशी थिइन् । ‘आज कीर्तिमानका लागि दौडिएकी थिएँ । त्यो भएन । तर दुईस्वर्ण जित्दा खुशी छु,’ उनले भनिन् ।

दौड सकाएर फिनिसिङ प्वाइन्ट अगाडि आएपछि उनी ट्रयाक छेउमा बसिन् अनि आफ्ना जुत्ता खोलेर त्यसलाई ढोगिन् । ‘दौड पूरा गर्न सकेँ भनेर जुत्ता ढोगेकी हुँ,’ जुत्ता ढाग्नुको कारणबारे उनले भनिन्, ‘जुत्ता लगाउने कि स्पाइक लगाउने भनेर सोचिराथें । स्पाइकले झन् दुख्छ । तर अन्तिममा स्पाइक नै लगाएर कुदें ।’

सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा कान्छीमाया कोजुको नाममा १६ मिनेट ४९.९८ सेकेण्डको कीर्तिमान छ ।

नवौं राष्ट्रिय खेलकुद : सन्तोषीले किन ढोगिन् जुत्ता ?

सन्तोषीले चोटकै कारण बीचमा छाडम् कि जस्तो अवस्था आइसके पनि गुरुको सन्देश सम्झेर दौडेको बताइन् । ‘पैतालामा घाउ छ । अलि गाह्रो भइरहेको थियो । तीन किलोमिटर दौडेपछि बीचमै छाडम् कि जस्तो पनि भइरहेको थियो । तर पूरा चाहिँ गर्नुपर्छ भनेर दौडिएँ र सकाएँ,’ उनले भनिन् ।

सन्तोषीले अन्तिम ल्यापमा आएपछि राजपुरालाई पछि छाड्दै एकल अग्रता बनाएकी थिइन् । ‘मैले दुई ल्यापपछि नै लिड बनाउन खोजेकी थिएँ तर सकिनँ,’ उनले भनिन् ।

मध्यम दुरीमा घरेलु एथलेटिक्सकी चर्चित धाविका सन्तोषीको लक्ष्य अब ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने रहेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्