झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’ – Online Khabar

झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’ – Online Khabar

[ad_1]

झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’ – Online Khabar

कञ्चटमा गोली हानेर ढलेपछि ।

१ कात्तिक, विर्तामोड । झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।

यसको केही अघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० पिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बासको झ्याङ्गमुनि शाह गम्भिर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलमा ३ राउण्ड गोली बरामद भएको छ । गोलीमा पनि ११ वटा गोली भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय, दमकले विस्तृत अनुसन्धान थालेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्