पौडीमा गौरिकाको कीर्तिमान एस्लीले तोडिन्, नासिरले बनाए दुई कीर्तिमान

पौडीमा गौरिकाको कीर्तिमान एस्लीले तोडिन्, नासिरले बनाए दुई कीर्तिमान

[ad_1]

पौडीमा गौरिकाको कीर्तिमान एस्लीले तोडिन्, नासिरले बनाए दुई कीर्तिमान

तस्वीर : एनएसजेएफ गण्डकी ।

३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा तेस्रो दिन सोमबार ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा १३ कीर्तिमानको समय सुधार भएको छ ।

४०० मिटर पुरुष फ्रिस्टाइलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाइमा ३, महिला १०० मिटर बटफ्लाइमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका हुन् ।

४०० मिटर पुरुष फ्रिस्टाइलमा नासिर याह्या हुसेनको नाममा १३ औं सागमा रहेको ४ मिनेट ३३.०५ सेकेन्डको टाइमिङलाई सोमबार चार खेलाडीले उछिनेका छन् ।

नेपाल आर्मी क्लबका लागि खेलेका नासिरले आफ्नै कीर्तिमान सुधार गर्दै ४ मिनेट ८.६४ सेकेन्डमा दूरी पूरा गरे । एनआरएनएका आशिष सापकोटा, बागमतीका इरभिन श्रेष्ठ र बागमतीकै सेरेन सिंहले पनि नासिरको अघिल्लो कीर्तिमानभन्दा कम समयमा दूरी पूरा गरेका थिए । आशिषले रजत र इर्भिनले कांस्य पदक जिते ।

पोखरा महानगरपालिका बिरौटास्थित फिस्टेल एकेडेमीमा रहेको २५ मिटर पौडी पोखरीमा आयोजित प्रतियोगिताको १०० मिटर बटरफ्लाइमा अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गरी नासिरले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जिते ।

रजत जितेका एनआरएनएका आशिषले पनि पुरानो कीर्तिमानभन्दा कम समय अर्थात् ५९.६८ सेकेण्डमा दूरी पूरा गरे । पूर्व कीर्तिमानधारी अनुभवले आफ्नो पूर्व टाइमिङ सुधार गरी ५९.७३ सेकेण्डमा दूरी पूरा गरेर कांस्य जिते ।

महिला १०० मिटर बटरफ्लाइमा एनआरएनकी एस्ली सापकोटा डंगोल प्रतियोगितामा पाँचौं स्वर्ण जित्ने क्रममा नयाँ कीर्तिमान बनाइन् । आठौं राष्ट्रिय खेलकुदमा गौरिका सिंहको १ मिनेट ९.९७ सेकेन्डको टाइमिङ भंग गरी एस्लीले १ मिनेट ७.७४ सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन् । नेपाल पुलिसकी मेगन गुरुङ्गले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन् । यो स्पर्धामा यसपल्ट गौरिका सहभागी थिइनन् ।

पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकतर्फ एनआरएनका आशिष सापकोटाले २ मिनेट २९.६० सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण जिते । आशिष एस्लीका भाइ हुन् । यो विधामा यसअघि सुभम श्रेष्ठको नाममा २ मिनेट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो । दोश्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व कीर्तिमानलाई उछिन्दै २ मिनट ३०.७६ सेकेन्ड समयमा साथ रजत पाए । बागमतीका सेरेन सिंहले कास्य जिते ।

महिलातर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण जितिन् । उनले सोमबार विहान हिट चरणमा आफ्नै नाममा रहेको २ मिनेट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३ औं सागमा राखेको कीर्तिमानलाइ सुधार गर्दै २ मिनेट ४४.२८ नयाँ रेकर्ड राखेकी थिइन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कास्य पदक जिते ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले विहान भएको हिट चरणमा आफैंले १३ औं सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दुरी पूरा गरेका थिए । यो स्पर्धामा एपीएफका तेन्जिङ नामदोल रायन गुरुङले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए ।

सोही विधाको महिला तर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । आर्मी टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दुरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

पुरुष ४०० मिटर फ्रिस्टाइल रिलेमा पनि राष्ट्रिय कीर्तिमान तोडिएको छ । सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेण्डर शाहको समूहले ३ मिनट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमान सहित स्वर्ण जिते ।

दोश्रो स्थानमा रहेको नेपाल पुलिसले पनि ३ मिनट ४६.३७ सेकेन्ड समयका साथ रजत जिते । एपीएफले कांस्य पदक पायो । १३ औं सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरुङले कायम गरेको ३ मिनेट ४६.९७ सेकेन्डको रेकर्डलाई विहान हिट चरणमा पुलिसका गौरव लामा, दिपंकर अवाले, सानीसंकर बहादुर रघुराजवंशी र सुविज्ञमान तुलाधरको जोडीले ३ मिनेट ४६.८३ सेकेन्डमा दुरी पार गरेका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्