‘बलिदान’पछि मेरा लागि ‘महापुरुष’ उत्कृष्ट फिल्म – Online Khabar

‘बलिदान’पछि मेरा लागि ‘महापुरुष’ उत्कृष्ट फिल्म – Online Khabar

[ad_1]

चितवन । कार्तिक ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महापुरुष’ यतिबेला ‘मोफसल भ्रमण’मा व्यस्त छ ।

हरिवंश आचार्यसहितका कलाकार मोफसलका प्रमुख सहरमा दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेका छन् । उनीहरु फिल्मका अन्य कलाकार र निर्देशकीय टोली पनि दर्शक फकाउँदै छन् ।

कन्सर्ट, कमेडी र पत्रकार सम्मेलन गर्दै फिल्मले टूर गरिरहेको छ । पूर्वी नेपालको विर्तामोडदेखि सुरु भएको भ्रमण इटहरी, हेटौंडा, नारायणगढ हुँदै बुटवलसम्म पुगेको छ ।

पोखरा र काठमाडौंमा समेत फिल्मले कार्यक्रम गर्दैछ ।

नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्माता एवं अभिनेता रविन्द्रसिंह बाँनियाले ‘महापुरुष’ कथाको जन्म देवघाटबाट सुरु हुने बताए ।

देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा सिर्जना भएको उनले जनाए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।

‘बलिदान’पछि मेरा लागि ‘महापुरुष’ उत्कृष्ट फिल्म – Online Khabar

फिल्ममा उठान गरिएको कथालाई बलियो बनाउन मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा फिल्मको माध्यमबाट देखाउन खोजिएको बताए । ‘हामीले फिल्मलाई स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मीठो मान्नु हुनेछ भन्ने विश्वास छ’ उनले भने ।

अभिनेता आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’पछि पहिलोपटक यस फिल्ममार्फत गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनको भनाइ थियो । बलिदानपछि महापुरुष आफ्नो लागि उत्कृष्ट हुने उनले बताए । फिल्मले हसाँउदा हसाँउदै रुवाउने र रुवाउँदा रुवाउँदै हसाउँने हरिवंश बताउँछन् ।

डेब्यु कलाकार अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पुरा भएको बताए । डेब्यु गर्ल अन्जना बराइलीले फिल्ममा राम्रो काम गर्ने प्रयास गरेको बताईन् ।

म्याक्स दीपेश खत्री निर्मित फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेलको समेत अभिनय छ । दीपक बज्राचार्यले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । ट्रेलर र दुई गीत सार्वजनिक भैसकेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्