[ad_1]
दौड पूरा गर्दै सन्तोषी । तस्वीर विकास श्रेष्ठ/अनलाइनखबर
२९ असोज, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।
एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितिन् ।
राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गरेकी थिइन ।
एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी कास्य पदक हात पारिन् ।
[ad_2]
Source link








