[ad_1]
काठमाडौं । नेपाल टेलिभिजनमा ‘हिजो आजका कुरा’ सिरिज हेरेर हुर्किएको दर्शकीय जमातका लागि यसको फिचर स्वरुप खास रुचिकर हुनसक्छ ।
यही आशाबीच शुक्रबारदेखि सन्तोष पन्त र रमा थपलिया अभिनित फिल्म देशब्यापी प्रदर्शन हुँदैछ । हल रिलिजको दुई दिनअघि वान सिनेमाज्मा प्रिमियर आयोजना गरियो जहाँ पछिल्लो छिमलका कलाकार पनि सहभागि रहे ।
केकी अधिकारी, दिव्यदेव, जेविका कार्की, ऋचा शर्मा प्रिमियरमा उपस्थित रहे । दीपकराज गिरी, विल्सनविक्रम राई, रिश्ता बस्नेत लगायतका कलाकार पनि सहभागि देखिए ।

साकार पन्त निर्देशित २ घण्टा ३० मिनेट लामो फिल्म सम्बन्धका आयाममा आधारित छ । दम्पति बिदेशिँदा यसले सम्बन्धमा ल्याएको विचलन, पछिल्लो पुस्ताको सम्बन्ध कसरी कृत्रिम बन्दैछ र पुस्तान्तरणको द्वन्द्व फिल्ममा चित्रित छ ।
प्रिमियरपछि संचारकर्मीसँग कुरा गर्दै अभिनेता पन्तले पछिल्लो पुस्ताका दर्शकले फिल्मलाई रुचाउने बताए । अभिनेत्री अधिकारीले आफूहरु हिजो आजका कुरा हेरेर अभिनयमा आएको स्मरण गरिन् ।





तस्वीर : आर्यन धिमाल
[ad_2]
Source link








