पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफलाई सम्पती शुद्धीकरण मुद्दामा सफाइ

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफलाई सम्पती शुद्धीकरण मुद्दामा सफाइ

[ad_1]

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफलाई सम्पती शुद्धीकरण मुद्दामा सफाइ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ

२७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोरालाई सम्पती शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

गैरकानुनी ढंगले सम्पती आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो ।

अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पती आर्जन गरेको पुष्टि नभएको जनाएको छ ।

सहबाज सरीफ र उनका छोराविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी गत २०७८ चैतमा पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफका भाइ हुन् ।

यसैबीच सहबाज सरीफ र उनका छोराहरुलाई अदालतले सफाइ दिएकोप्रति पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आपत्ती जनाएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्