सुनकोशी-मरिन डाइभर्सनमा पर्सिदेखि सुरुङ खनिने – Online Khabar

सुनकोशी-मरिन डाइभर्सनमा पर्सिदेखि सुरुङ खनिने – Online Khabar

[ad_1]

२६ असोज, काठमाडौं । शुक्रबार (पर्सि)देखि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न सुरु गर्ने भएको छ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागिएको हो ।

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोलातर्फबाट सुरुङ खन्न सुरु गर्ने आयोजना प्रमुख मित्र बरालले बताए । ‘यो ठ्याक्कै भरी–बबई डाइभर्सन परियोजनामा प्रयोग भएकौ प्रविधि हो,’ उनले भने, ‘टीबीएममार्फत आधुनिक प्रविधि प्रयोग गरेरै यो सुरुङमार्ग समयमै खनिसक्ने लक्ष्य लिएका छौं ।’

उनका अनुसार ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सकाउने सुरुङ खनिसक्ने गरी गरी तालिका दिएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए समयतालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयोजना प्रमुख बरालले बताए ।

यो सुरुङमार्फत सुनकोशीको पानी सिन्धुलीको मरिन खोलामा झारिनेछ । मरिनबाट बागमतीमा मिसिएको पानीलाई सिंचाइ आयोजनामार्फत मधेशमा सिंचाइ सुविधा पुर्‍याउने योजना छ ।

‘यो १३.३ किलोमिटरको सुरुङ हो,’ उनले भने, ‘सुरुङ चुरे र महाभारत श्रृङ्खलाको फल्टलाइन क्षेत्रमा पर्छ, केही समस्या पर्न पनि सक्छ, तर समस्या नहुने अपेक्षामा छौं ।’ टीबीएममार्फत ५.५ डायमिटरको सुरुङ रहने गरी ६.६ डायमिटरको सुरुङ खनिनेछ ।

यो वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

सुनकोशी-मरिन डाइभर्सनमा पर्सिदेखि सुरुङ खनिने – Online Khabarतत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनामा अहिलेसम्म ८ प्रतिशतमा सकिएको छ ।

ठेक्का नलागी शिलान्यास गरिएको १०.०५ अर्ब लागतमा सुरुङ खन्न ठेक्का लागेको थियो । सुरुङसहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

आयोजनाको हेडवर्क्सको ठेक्का लगाउन पनि तयारी भइरहेको छ । यसमा ११ ठेकदार कम्पनी प्रि–क्वालिफाइड भएका छन् । तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ ।

आयोजनाले बाग्मती सिंचाइ आयोजनाको सुधार र विस्तार गरेर प्रदेश–२ का विभिन्न जिल्लामा सिंचाइ सेवा पुर्‍याउने योजना छ । यसका लागि आयोजनाले परामर्शदाता छनोट गरेर अध्ययन गरिरहेको छ । यो आयोजनाबाट महोत्तरी, बारा, धनुषा लगायतका जिल्लामा सिंचाइ सुविधा विस्तार हुनेछ ।

पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिंदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पुर्‍याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दावी छ ।

सुनकोशी डाइभर्सनपछि बागमती सिंचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउन सकिन अध्ययनले देखाएको छ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्दा विद्युत् गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

फोटो : रवीन्द्रबहादुर श्रेष्ठ

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्