एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे, २८२ पुल बन्यो

एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे, २८२ पुल बन्यो

[ad_1]

एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे, २८२ पुल बन्यो

फाइल तस्वीर

२५ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सडक विभागले ६१८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यको ३४. ३३ प्रतिशत मात्रै प्रगति भएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी विभागले गत वर्ष ३३५ किलोमिटर सडकमा ग्राभेल गरेको छ । तर, लक्ष्य भने ८०० किलोमिटरको थियो ।

२८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनःनिर्माण तथा पुनर्स्थापना गरेको छ ।

२५० किलोटिर सडक आवधिक र नियमित मर्मत पनि भएको विभागले जनाएको छ । ३०० वटा पुलको निर्माण सक्ने लक्ष्य रहेकोमा गत वर्ष २८२ वटा पुलको निर्माण सकिएको विभागले जानाएको छ ।

विभागले गत वर्ष ५५.१८ प्रतिशत वित्तीय प्रगति हात पारेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्