सत्यमोहन जोशीको स्वास्थ्य गम्भीर, आईसीयूमा सारियो

सत्यमोहन जोशीको स्वास्थ्य गम्भीर, आईसीयूमा सारियो

[ad_1]

सत्यमोहन जोशीको स्वास्थ्य गम्भीर, आईसीयूमा सारियो

सत्यमोहन जोशी । फाइल तस्वीर

२४ असोज, काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ ।

ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीन/चार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको बज्राचार्यले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ ।

‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्