रेखा थापा र फिल्म निर्देशक पण्डितले दर्ता गराए मनोनयन

रेखा थापा र फिल्म निर्देशक पण्डितले दर्ता गराए मनोनयन

[ad_1]

काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक मनोज पण्डितले प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाकी उम्मेदवार रेखाले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएकी हुन् । निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गर्न रेखा कार्यकर्ता र पति बलराम शाहीसँगै पुगेकी थिइन् ।

फिल्म निर्देशक मनोज पण्डितले चाहिँ काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ‘बधशाला’, ‘ग्रेटर नेपाल’जस्ता चर्चित फिल्मका निर्देशक पण्डित एक्लै पुगेर मनोनयन दिएका हुन् ।

रेखा थापा र फिल्म निर्देशक पण्डितले दर्ता गराए मनोनयन

काठमाडौं क्षेत्र नम्बर ६ बाट आजै गायक संजय श्रेष्ठले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । तारकेश्वरस्थित निर्वाचन आयोगको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने जनाएका छन् ।

नेपालमा मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्