[ad_1]
Photo Credit : फाइल तस्वीर
१६ असोज, तनहुँ । ‘वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारी भन्छन्, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।”
कृषि ज्ञानकेन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएका थिए । तर त्यसले पनि केही भएन । सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने म्याग्दे गाउँपालिका–७ स्थित पयेँरका ५० घरधुरीका किसानको माग छ ।
उक्त क्षेत्रमा दुई सय २० रोपनी क्षेत्रफलमा लगाएको धान खेतमा राते रोग लागेपछि यतिबेला किसान चिन्तित हुनुका साथै भोकमरी लाग्ने पिरले छटपटिएका छन् । धान पसाउने समयमा एकाएक रोग लागेर खेतभरिको रोपो पहेँलै भएर डढेपछि अब के खाने भन्ने चिन्ता किसानमा उब्जिएको छ ।
वर्षभरि दुःख मेहनत गरेर लगाएको खेती भित्र्याउन नपाउने भएपछि किसान कृषि ज्ञानकेन्द्र तनहुँ र खुमलटार कृषि अनुसन्धान केन्द्र ललितपुरसम्म समस्या लिएर धाउँदा पनि कुनै समाधान हुन नसकेको बताउँछन् । कृषि ज्ञानकेन्द्रका प्राविधिक तथा खुमलटार कृषि अनुसन्धान केन्द्रका प्राविधिकलाई देखाउँदा पनि के रोग लागेको हो र कसरी रोग नियन्त्रण हुन्छ भन्ने विषयमा अन्योल रहेपछि किसान नै चिन्तित बनेको अगुवा किसान अगुवा अम्बिकाप्रसाद वाग्लेले बताए ।
प्राविधिकले दिएको औषधि धानबारीमा लगेर पटक–पटक प्रयोग गरे पनि कमी नभएपछि किसानले यस वर्ष उब्जनीको माया मारेको उनले सुनाए । अब किसानले पानी सुकाएर पहेँलिएर डढ्न थालेको रोपोमा आगो लगाउने उनीहरू बताउँछन् ।
किसानले जोत्नदेखि रोपाइँ गर्दा ट्र्याक्टर लगाउन, रोप्ने खेताला, गोड्न, मल, औषधि प्रयोग गर्दासम्म धेरै खर्च र लगानी भइसकेको अवस्थामा रोपोमा रातेरोग लागेपछि कसरी जीवन बचाउने भन्ने चिन्ता थपिएको छ । “आफूले लगाएको खेती कस्तो भयो भनेर बिहानै उठेर हेर्न मन लाग्छ, खेतमा हेर्यो भने मन उराठिन्छ”, अर्का किसान रामबहादुर नेपाली भन्छन्, “विरक्त लाग्छ, हिजोआज खेततिर पनि गएको छैन, दुःख परिश्रम सबै खेर गयो, भकारी पनि रित्तै हुने भयो ।”
[ad_2]
Source link








