निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाले पूरा गर्‍यो आइसागोको मापदण्ड

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाले पूरा गर्‍यो आइसागोको मापदण्ड

[ad_1]

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाले पूरा गर्‍यो आइसागोको मापदण्ड

फाइल तस्वीर

१३ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड पूरा गरेको छ । सोही अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको सन् २०१६ देखि निरन्तर सेफ्टी अडिट भइरहेको छ ।

लोड कन्ट्रोल, प्यासेन्जर तथा ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्याडिलिङ तथा लोडिङ, संगठन तथा व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टमा निगमले यसअघि नै प्रमाणित भएकोमा अहिले कार्गो ह्यान्डलिङमा पनि यस्तो मापदण्ड पूरा गरेको जनाएको छ । यसबाट ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा आइसागोको मापदण्ड पूरा भएको निगमले जनाएको छ ।

आइसागोको यस्तो प्रमाणपत्र आइटाले आवधिक रुपमा गर्ने निरीक्षण/अनुगमन, दुई/दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरे मात्र प्रदान गर्ने निगमले बताएको छ । निगमले सेवालाई निरन्तर सुधार गर्दै जाने समेत बताएको छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्