‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै

‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै

[ad_1]

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी २’को प्रमुखमध्येको एक अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएकी छन् ।

मोडलिङमा समेत सक्रिय रहेकी पूर्णिकाको यो डेब्यु फिल्म हुनेछ । फिल्मका दुई प्रमुख नायिकामध्ये एकको चरित्रमा पूर्णिकाले अभिनय गर्नेछिन् । निर्माता सरोज न्यौपानेले अर्की प्रमुख नायिका अनुबन्धित हुने क्रममा रहेको जानकारी दिए ।

फिल्ममा दुई नायिकाको समानान्तर भूमिका हुनेछ भने दुवै जना अनमोलको अपोजिटमा हुनेछन् । निर्माता न्यौपानेले फेसबुकमार्फत अनमोल र पूर्णिकाको तस्वीर सार्वजनिक गरेका थिए । तर पूर्णिकाको अनुहारलाई स्माइली इमोजीले छोपिएको थियो । तस्वीर प्रष्ट नहुँदा धेरैले आना शर्मा वा नीति शाह हुने अनुमान गरेका थिए ।

‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै

हेमराज बीसीले निर्देशन गर्ने यो फिल्म चुनावपछि फ्लोरमा जाने तयारीमा छ । आठ वर्षअघिको फिल्म जेरीको सिक्वेलको रुपमा बन्न लागेको फिल्मको निर्माणमा न्यौपाने र रामकृष्ण श्रेष्ठले सहकार्य गर्दैछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्