महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना 

महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना 

[ad_1]

१० असोज, काठमाडौं । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ ।

सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर वर्गीकरण गरेर उठाउन चासो दिएको छैन ।

महानगरपालिकाको फोहोर छुट्याएर नराख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो । ‘फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको हो,’  ९ असार जारी सूचनामा भनिएको थियो ।

महानगरले आइतबार र बुधबार नकुहिने फोहोर संकलन गर्ने तालिका बनाएको थियो । सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका दिइएको थियो ।

सूचनाअनुसार धैरै महानगरबासीले फोहो छुट्याउन सुरु गरिसकेका थिए । तर, महानगरले तालिकाबमोजिक फोहोर नउठाएपछि अहिले फोहोर छुट्याउन सुरु गरेकाहरुले पनि मिसाएर फोहोर संकलन गर्न थालेका छन् ।

मेयर बालेन्द्र साह (बालेन) आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक र्‍याली र कार्यक्रमहरुमा सहभागी भएका थिए ।  मेयर बालेन सहित वडाध्यक्षहरुको टोलीले टोल-टोलमा गएर कुुहिने फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध गरेको थियो ।

तर, नियमित रुपमै फोहोर उठाउन सकस भएपछि महानगरले स्रोतमै फोहोर वर्गीकरण गराउने अभियानमा चासो दिएको छैन । अतिक्रममित संरचना हटाउन जोडबल गरिरहेको महानगरले फोहोर व्वस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएपनि फिल्डमा त्यसअनुरुपको पहलकदमी देखिएको छैन ।

अहिले नियमित रुपमा फोहोर उठेपनि स्रोतमा वर्गीकरण नभएकाले ‘मिश्रति फोहोर’ नै बञ्चरेडाँडामा पुगेको छ ।  ७ वटा वडाको केही स्थानमा मात्रै वर्गीकरण भएको फोहोर संकलन हुने गरेको काठमाडौं महानगरपालिकाको वातावारण विभागको दाबी छ ।

अब कम्पोष्टिङमा जान्छौं : महानगर

सडकमा थुप्रिएका फोहोरका कारण योजनाअनुसार वर्गीकरण गर्न नसकिएको काठमाडौं महानगरपालिकाको तर्क छ । महानगरको वातावारण तथा कृषि विभागकी उपनिर्देशक सरिता राईले लामो समयदेखि रोकिएको फोहोरले गर्दा तोकिएको मितिबाटै वर्गीकरणमा आधारित फोहोर व्यवस्थापन गर्न नसकिएको बताउँछिन् ।महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना 

‘हामीले स्रोतमै फोहोर वर्गीकरणको विषयलाई छोडेको छैनौं । सडकदेखि गल्लीसम्म फोहोरको डंगुर थियो, बल्लतल्ल उठेको छ,’ राईले भनिन् ‘केही वडामा अहिले पनि वर्गीकरण भइरहेकै छ । अब हामी छिट्टै कम्पोष्टिङमा जान्छौं ।’ फोहोर वर्गीकरण गर्न जनस्तरमा सचेततनाको पनि कमी देखिएको राई बताउँछिन् ।

महानगरपालिकाअनुसार अहिले सडकमा कतै पनि फोहोर थुपि्रएको छन् । महानगरका प्रवक्ता नविन मानन्धर काठमाडौंमा कतैपनि फोहोर जम्मा भएर नबसेको बताए ।

‘अहिले काठमाडौंको सडक, गल्ली  तथा चोक कतै पनि फोहोर जम्मा भएका छैनन् । दैनिक रुपमा फोहोर बञ्चरेडाँडा गइरहेकोले फोहोर उठेन भन्ने गुनासो आउन छोडेको छ । ‘

अब दशैंपछि कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने तयारी भइरहेको मानन्धरको दाबी छ । मल बनाउनको लागि महानगरले योजना पनि बनाइरहेको भन्दै उनले चाडपर्वपछि कार्यान्वयन गर्ने उनले बताए ।

योजनाअनुसार फोहोर वर्गीकरण गर्न सोचेजति सहज नभएको मानन्धर बताउँछन् । ‘काठमाडौं महानगरपालिकाले मात्रै फोहोर वर्गीकरण गरेर हुँदैन, अरु स्थानीय तहले फोहोर मिसाएर बञ्चरेडाँडामा फाल्दा हामीले छुट्याएको अर्थ नै हुँदैन,’ उनले भने ।

मानन्धरका अनुसार अहिले दैनिक २ सय ५० गाडी फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा गइरहेको छ । बञ्चरेडाँडामा गएका सबै फोहोरहरुलाई दैनिक माटोले पुर्ने गरिएको छ । उनी कम्पोष्टिङमार्फत निकट भविष्यमै फोहोर वर्गीकरणमार्फत फोहोर व्यवस्थापन प्रभावकारी बनाइने दाबी गर्छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्