अराजक समूह बालेन साह–रवि लामिछाने बनेर प्रकट हुन्छन् – Online Khabar

अराजक समूह बालेन साह–रवि लामिछाने बनेर प्रकट हुन्छन् – Online Khabar

[ad_1]

अराजक समूह बालेन साह–रवि लामिछाने बनेर प्रकट हुन्छन् – Online Khabar

युवा संघको भेला ।

७ असोज, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन्

राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको भन्दै युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्नु पर्ने बताए ।

‘अराजक समूह अहिले भौतिक रुपमा वा साइवरमार्फत माओवादीे, वाईसीएल, कांग्रेस, नेविसंघ, भीम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन साहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छन्,’ उनले भने ।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताए ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताए । नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने गरेको बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्