भीमफेदी दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत – Online Khabar

भीमफेदी दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत – Online Khabar

[ad_1]

भीमफेदी दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत – Online Khabar

हेटौंडा अस्पतालमा घाइतेको उपचार गरिँदै ।

६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुने २ जनाको सनाखत भएको छ । अरु ५ जनाको अझै सनाखत भएको छैन ।

सनाखत हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिप्कैयाका ३३ वर्षे अन्दुवा मियाँ ठकुराई रहेका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका २६ जना मध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ३ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको घिमिरेले बताए ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्