हटाइयो वीर अस्पताल अगाडिका औषधि पसल – Online Khabar

हटाइयो वीर अस्पताल अगाडिका औषधि पसल – Online Khabar

[ad_1]

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा  र त्यसमा चलाइएका पसलहरू हटाएको हो ।

सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा थियो । तर, वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए ।  हटाइयो वीर अस्पताल अगाडिका औषधि पसल – Online Khabar

बिहीबार दिउँसो २ बजे डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअघिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ ।

योसँगै वीर अस्पतालअघिका अधिकांश औषधि पसल विस्थापित भएका छन् । योसँगै वीर अस्पतालका बिरामी र उनीहरुका आफन्तलाई वीर अस्पताल आसपास औषधि किन्न भने सकस हुनेछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्