नेपाली तन्नेरीमा कोरियाली क्रेज, के-पपदेखि एनिमे फिल्मका चरित्रसम्म (तस्वीरसहित)

नेपाली तन्नेरीमा कोरियाली क्रेज, के-पपदेखि एनिमे फिल्मका चरित्रसम्म (तस्वीरसहित)

[ad_1]

काठमाडौं । पछिल्लो समय नेपाली तन्नेरीमाझ एनिमे क्रेज बढिरहेको छ । एनिमे फिल्म प्रदर्शनमा आउन लागेका छन् भने एनिमे चरित्रमा सजिएर किशोरकिशोरीले आफूलाई प्रस्तुत गर्न पनि थालेका छन् ।

काठमाडैंमा आयोजित ओताकु जात्रामा पनि तन्नेरीले आफूलाई मनपर्ने जापानी र दक्षिण कोरियाली एनिमे र मांगा सिरिजका चरित्रमा आफूलाई प्रस्तुत गरे । बबरमहलको कार्की ब्यांक्वेटमा तन्नेरीहरु विभिन्न हुलियामा फोटो खिचाउँदै थिए ।

नेपाली जात्रा संस्कृतिलाई एनिमे, कमिक र पप ट्रेन्डसँग जोड्न यो जमघट आयोजना गरिएको हो । इभेन्टमा कसले प्रतिस्पर्धा, के-पप डान्स कम्पिटिसन, मोबाइल गेमिङ कम्पिटिसन लगायत गरिएको थियो ।

प्रतिस्पर्धाका विजेताले बंगलादेशका कमिक कन, दिल्ली कमिक कन र एनिमे कमिक कनजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रतिस्पर्धाको मौका पाउनेछन् ।

केही वर्षदेखि हुँदै आएको ओताकु जात्रालाई नेपालको सबैभन्दा ठूलो कमिक, एनिमे र पप-कल्चर जमघट पनि मानिन्छ । एनिमे र कमिक फ्यानको नेपाली सोसाइटीले ओताकुले जात्रा गर्दै आएको छ ।

तस्वीर : स्नेह थापा

नेपाली तन्नेरीमा कोरियाली क्रेज, के-पपदेखि एनिमे फिल्मका चरित्रसम्म (तस्वीरसहित)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्