हेलम्बुमा हराएका शिक्षक भिरमा फेला परे, हेलिकोप्टरबाट उद्धार गरिंदै

हेलम्बुमा हराएका शिक्षक भिरमा फेला परे, हेलिकोप्टरबाट उद्धार गरिंदै

[ad_1]

हेलम्बुमा हराएका शिक्षक भिरमा फेला परे, हेलिकोप्टरबाट उद्धार गरिंदै

हेलम्बुको नाकोते क्षेत्र । तस्वीर : गुगल

२ असोज, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका छन् । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिंदै छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको लागि हेलिकोप्टर झिकाइएको जानकारी दिए । ‘ठाउँ अप्ठ्यारो भएकाले उद्धारका लागि हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने देखियो, हामीले हेलिकोप्टर झिकाइसकेका छौं,’ बस्नेतले भने ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भिरबाट सिवाकोटीको आवाज आएको र उनको उद्धारको लागि जुटिसकेको जानकारी दिए । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्