खगेन्द्र लामिछानेको नयाँ उपन्यास ‘फुर्के’ लोकार्पण

खगेन्द्र लामिछानेको नयाँ उपन्यास ‘फुर्के’ लोकार्पण

[ad_1]

काठमाडौं । अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको नयाँ उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले पुस्तककोे लोकार्पण गरे ।

पुस्तक फुर्के नामक कुकुरको आत्मकथा हो । ‘कुकुरको आँखाबाट समाज नियाल्ने र कुकुरको जीवनमा मान्छेको भूमिका बुझ्नका लागि पुस्तक उपयोगी हुनसक्छ’ समारोहमा लामिछानेले भने ।

कवि प्रतीकले लेखकले कुकुरमार्फत समकालिन मानिस, वर्ग र समाजको कथालाई प्रस्तुत गरेको बताए । ‘फुर्केलाई हामीलाई जनावरप्रति संवेदनशिल हुन सिकाउँछ’ उनले भने, ‘मानिसको कथा भएजस्तै प्राणीको पनि कहानी हुन्छ ।’

खगेन्द्र लामिछानेको नयाँ उपन्यास ‘फुर्के’ लोकार्पण

कप्तान खड्काले पुस्तकले पाठकलाई कुकुरप्रति स्नेही बन्न सिकाउने बताए । ‘कुकुर भनेको कुकुर मात्र होइन । यसबाट पाउने स्नेह, ममता अरुबाट पाउन सकिँदैन’ उनले भने, ‘कुकुरप्रति हाम्रो समाज सचेत छ जस्तो मलाई लाग्दैन ।’

गायक रिजालले सो अवसरमा सांगीतिक प्रस्तुति पनि दिएका थिए । कुकुरबाट मानिसले करुणा र मित्रताको भाव सिक्न सक्ने उनले बताए । पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।

खगेन्द्र अभिनित फिल्म ‘पानीफोटो’ हालै प्रदर्शनमा आएको थियो । समीक्षकले रुचाएको यो फिल्मको प्रचारप्रसारकै क्रममा उनले यो उपन्यास ल्याउने घोषणा गरेका थिए ।

तस्वीर : शंकर गिरी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्