थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

[ad_1]

थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

फाइल तस्वीर

२३ भदौ, काठमाडौं । सरकारले थप दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।

भारतको सिलुगुडीदेखि झापाको चारआली र बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो ।

अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० कलिोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ ।

यस्तै सिलुगुडीदेखि चारआलीम्मको पाइपलाइन विस्तार दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हुनेछ । पूर्व क्षेत्रको पेट्रोलियम वितरणमा यो पाइपलाइन महत्वपूर्ण हुने आयल निगमको दावी छ । तर, विद्युतीय खपत बढीरहेको र नेपाल आयल निगम वित्तीय रुपमा संकट रहेका बेला महँगो पूर्वाधारमा लगानी गर्नु उपयुक्त नरहेको जानकारहरु बताउँछन्।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्