निर्माता संघ र निर्देशक समाजको चेतावनी : नेपाली फिल्ममाथि विभेद भयो, संघर्षमा उत्रिन्छौं

निर्माता संघ र निर्देशक समाजको चेतावनी : नेपाली फिल्ममाथि विभेद भयो, संघर्षमा उत्रिन्छौं

[ad_1]

काठमाडौं । विदेशी फिल्मको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ खुला नगरिएकोप्रति फिल्म क्षेत्रका दुई संस्थाले गम्भीर आपत्ति जनाएका छन् ।

चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई पेल्न र हेप्न खोजिएको भन्दै खेद व्यक्त गरेका छन् ।

निर्माता संघले शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ऐना झ्यालको पुतलीलाई समान हैसियतको शो र अग्रिम बुकिङ खुला गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । ‘अन्यथा नेपाली चलचित्रप्रति देखाउनुभएको निन्दनीय व्यवहारका विरुद्ध बाध्य भई कडा रुपमा प्रस्तुत भएर निरन्तर संघर्षमा उत्रिनेछौं,’ निर्माता संघले भनेको छ ।

निर्देशक समाजले पनि टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ । नेपाली फिल्म क्षेत्रलाई हतोत्साही तुल्याउने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज लगाउन पनि आग्रह गरेको छ ।

चलचित्र निर्देशक समाजको विज्ञप्ति

चलचित्र निर्माता संघको विज्ञप्ति

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्