भलिबल संघको नेतृत्व चयन हुँदै, २८ पदमा ४८ जनाको प्रतिस्पर्धा

भलिबल संघको नेतृत्व चयन हुँदै, २८ पदमा ४८ जनाको प्रतिस्पर्धा

[ad_1]

भलिबल संघको नेतृत्व चयन हुँदै, २८ पदमा ४८ जनाको प्रतिस्पर्धा

फाइल तस्वीर ।

२२ भदौ, काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृ आज (बुधबार) चयन हुँदै छ । २८ पदका लागि ४८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षका लागि २, सात उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ७ सचिवका लागि १० जना, कोषाध्यक्षका लागि २ र ११ जना सदस्यका लागि २४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा वर्तमान उपाध्यक्ष निरन्जन मास्के र महासचिव जितेन्द्र बहादुर चन्दबीच प्रतिस्पर्धा हुनेछ । महासचिवमा वर्तमान सचिव मनवीर छन्त्याल र सदस्य रोशन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

यो चुनावमा १३१ जना मतदाता हुनेछन् । १३३ मध्ये विवाद भएको वागमती प्रदेशबाट प्रतिनिधि नआएपछि दुइजना घटेको हो ।

दक्षिण अफ्रिकाका राजदूत रहेका निवर्तमान अध्यक्ष दानबहादुर तामाङ अनुपस्थित हुने भएपछि बुधबारको मतदानमा १३० जनाले मत हाल्नेछन् । दुईजना उम्मेदवार रहेको पदमा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

भलिबल संघले हालै संशोधन गरेको विधानअनुसार गर्न लागेको निर्वाचनबाट २८ जना निर्वाचित हुनेछन् । विधानअनुसार संघको कार्यसमितिमा ४१ जना हुनेछन् । बाँकी १२ जनालाई कार्यसमितिले मनोनित गर्नेछ। निवर्तमान अध्यक्ष स्वतस् कार्यसमितिमा रहनेछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्