नेपाललाई सुरुवाती अग्रता, सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरिन्

नेपाललाई सुरुवाती अग्रता, सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरिन्

[ad_1]

नेपाललाई सुरुवाती अग्रता, सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरिन्

गोल गरेपछि सावित्रा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले सुरुवाती अग्रता लिएको छ ।

नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् ।

सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेकी हुन् र गोल गरेकी हुन् ।

विभागीय टोली एपीएफकी यी स्ट्राइकर राष्ट्रिय महिला लिगका क्रममा २०७७ माघमा चोटग्रस्त भएकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा कतारको चर्चित अस्पटार अस्पतालमा उपचार गराएकी हुन् ।

चोटबाट फर्किएर गत चैतमा राष्ट्रिय महिला लिग खेलेकी थिइन् । चोटका कारण सावित्राले बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एसिया कप छनोट प्रतियोगिता गुमाएकी थिइन् । सावित्राले राष्ट्रिय टिमबाट ३९औं खेलमा ३९औं गोल गरेकी हुन् ।

७ टिम सहभागी प्रतियोगिताको समूह बीमा नेपालसहित भुटान र श्रीलंका छन् । समूह एमा भने भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्