चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटनामा परेपछि… – Online Khabar

चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटनामा परेपछि… – Online Khabar

[ad_1]

१६ भदौ, विराटनगर । विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटनामा परेको छ ।

विराटनगर-३ भट्टा चोकबाट चोर लिएर भाग्दै गरेको टाटा सुमो भ्यान विराटनगर-२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज राजकुमार कार्कीले जानकारी दिए ।

‘भर्खरै चतराबाट आएको थिए, गाडी धोइपखाली घरभित्र छिरेर कपडा फेर्न नपाउँदै चोरी भयो,’ घटनास्थलमा भेटिएका अधिकारीले भने,‘ गाडी यहाँ ल्याएर दुर्घटना गराएछ ।’

प्रहरीका अनुसार को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो ।

ट्राफिक प्रहरी कार्कीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ भने सुमो लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटनामा परेपछि… – Online Khabar

पक्राउ पर्नेमा चोरी गरी भाग्दै गरेका अशोक चौधरी रहेका छन् । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।

टाटा सुमो विराटनगर-३ भट्ट चोकका चन्द्र अधिकारीले सञ्चालन गर्छन् । उनले दिउँसो घर अगाडि पार्किङ गरे लगतै चोरी भएको थियो ।

प्रहरी समक्ष गाडीमै चाबी देखेपछि लिएर हिडेको बताएका उनले आफ्नो नाम पनि फेरिरहेका छन् ।

प्रहरीका अनुसार चौधरी पटके चोर हुन् । यसअघि पनि प्रहरीले चोरीको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरी कारवाही गरेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्