वयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र – Online Khabar

वयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र – Online Khabar

[ad_1]

१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज वयान लिंदै छ ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ ।

समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ ।

गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

वयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र – Online Khabar

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।

महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्