चोलेन्द्रविरुद्धको महाअभियोगका लागि पूर्वन्यायाधीश फोरमले दियो ४ ‘प्रमाण’

चोलेन्द्रविरुद्धको महाअभियोगका लागि पूर्वन्यायाधीश फोरमले दियो ४ ‘प्रमाण’

[ad_1]

१३ भदौ, काठमाडौं। पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको प्रमाणका रुपमा महाअभियोग सिफारिस समितिलाई ४ बुँदे पत्र बुझाएको छ ।

पूर्वन्यायाधीशहरुले रञ्जन प्रसाद कोइरालाको मुद्दाका बारेमा सर्वोच्च अदालतबाट मिसिल झिकाएर छानबिन हुनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरुले दुई वर्षअघि जारी गरेको विज्ञप्तिलाई पनि आधार मान्न सुझाव दिएका छन् ।

५ कात्तिक २०७८ मा आफूहरुले न्यायपालिकाको बेथिति, विकृति र विसंगतिबारे विज्ञप्तिमार्फत सरोकार राखेको भन्दै पूर्व न्यायाधीशहरुले त्यसलाई अध्ययन गर्न सुझाव दिएका छन् ।

साथै सर्वोच्च अदालतलगायतका भवन निर्माण भएको अनियमिततामा विज्ञहरुबाट छानबिन हुनुपर्ने औंल्याएका छन् ।

न्यायाधीशको आचार संहिता विपरीत निलम्बित प्रधानन्यायाधीश जबराले गत वर्ष टेलिभिजनमा अन्तर्वार्ता लिएको भन्दै त्यसलाई पनि प्रमाणको रुपमा लिन र छानबिन गर्न माग गरेका छन् । पूर्व न्यायाधीशहरुले थप जानकारी आवश्यक परे आफूहरुले उपलब्ध गराउने भनेका छन् ।

हेर्नुस् पूर्व न्‍यायाधीश फोरमको विज्ञप्ति

चोलेन्द्रविरुद्धको महाअभियोगका लागि पूर्वन्यायाधीश फोरमले दियो ४ ‘प्रमाण’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्