फिल्म प्रदर्शनमा विभेद गरिएको भन्दै जुम्ला प्रशासनमा ज्ञापन

फिल्म प्रदर्शनमा विभेद गरिएको भन्दै जुम्ला प्रशासनमा ज्ञापन

[ad_1]

काठमाडौं । जुम्लामा छायांकन गरिएको फिल्म प्रकाशको प्रदर्शनमा विभेद गरिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासनमार्फत सञ्चार तथा चलचित्र विकास बोर्डमा ज्ञापन पत्र पठाएका छन् ।

जुम्लेली परिवेश, रहनसहन, भाषा, संस्कृतिमा आधारित फिल्मलाई हलको शोमा विभेद गरिएको यसबारे पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । फिल्मलाई आम नेपालीमाझ पुग्नबाट रोक्न प्रयास गरिएको आरोप समेत लगाइएको छ ।

ज्ञापन पत्र चलचित्र संघलाई पनि बोधार्थ पठाइएको छ । ‘कर्णालीमाथिको विभेद अन्त्य गर’, ‘‘प्रकाश’ प्रदर्शनका लागि पर्याप्त शोहरु देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित भएका जुम्लाबासीले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

फिल्म प्रदर्शनमा विभेद गरिएको भन्दै जुम्ला प्रशासनमा ज्ञापन

उनीहरुले फिल्ममाथिको विभेद नरोके थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

‘प्रकाश’माथिको विभेद आफूहरुमाथिको विभेद हो भन्दै स्वतःस्फूर्त रुपमा जुम्लाबासीहरु प्रतिकारमा उत्रिएको फिल्म कालोपोथीका निर्माता समेत रहेका स्थानीय अनुप थापाले जनाए ।

‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको भन्दै उनीहरुले जुम्लालाई देशले बुझ्न पाउनुपर्ने बताएका छन् । खस भाषा र जुम्लाको परिवेश भएकै कारण विभिन्न बहाना देखाएर फिल्म प्रदर्शनका लागि पर्याप्त समय नदिइनु जुम्लामाथि काठमाडौंले गरिरहेको विभेदको निरन्तरता भएको उनीहरुको आरोप छ ।

दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ । फिल्म अहिले नेपालसहित अन्य मुलुकमा रिलिज भएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्