नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, तोकियो ४ मापदण्ड

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, तोकियो ४ मापदण्ड

[ad_1]

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, तोकियो ४ मापदण्ड

फाइल तस्वीर ।

११ भदौ, काठमाडौं । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ ।

आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो ।

क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ ।

नेपाल टी-२० डट कमको प्लेयर रजिष्टेसनमा गएर फर्म भर्न सकिनेछ ।

यस्ता छन् मापदण्ड

– खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, पीएम कप तथा मेयर कप खेलेको हुनुपर्ने

– सन् २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने

– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने

– सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्