कति बनायो संगठित सदस्य ? – Online Khabar

कति बनायो संगठित सदस्य ? – Online Khabar

[ad_1]

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनको पहिलो वर्षगाठ मनाएको छ । एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भई प्रमाण पत्र पाएको दिनलाई उसले पुर्नगठन दिवसका रुपमा मनाएको छ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष माधव नेपालले ‘एक वर्षको छोटो अवधिमा कुनै पार्टीले यति प्रगति गर्न नसकेको’ बताउँदै आफ्नो पार्टीको प्रगतिमा सन्तुष्टि जनाए।

यद्यपि अझैं पनि सबै पालिका र वडामा संगठन निर्माण भइनसकेको उनको भनाइ थियो । उनले आफ्नो पार्टीका संगठित सदस्य करिब १ लाख २५ हजारको हाराहारीमा रहेको तथ्य समेत प्रस्तुत गरे ।

नेपालले नै हालै प्रस्तुत गरेको राजनीति तथा सांगठनिक प्रतिवेदनमा अहिलेसम्म पार्टी सबै जिल्ला, ७३.७० प्रतिशत पालिका र ५५.२१ वडामा कमिटी निर्माण गर्न सकेको नेपालको प्रतिवेदनमा उल्लेख थियो ।

‘संगठन निर्माणको काम जति भएको छ, त्यो सन्तोषजनक भए पनि पर्याप्त भने छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘तीन महिने कार्ययोजनामा निर्धारित सबै पालिका र वडामा कमिटी निर्माण गर्ने लक्ष्य अझैं प्राप्त भएको छैन ।’

यो अवधिमा केन्द्रीय निकाय र विभागमा १ हजार ५ सय ३८, प्रदेश कमिटीमा १ हजार ४ सय १५ र जिल्ला कमिटीहरुमा १४ हजार ६ सय ३९ जना संगठित सदस्य बनेको एकीकृत समाजवादीले उल्लेख गरेको छ ।

त्यस्तै पालिका कमिटीहरुमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ संगठित भएको बताएको छ ।

कति बनायो संगठित सदस्य ? – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्