भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला विमानस्थलबाट फिर्ता

भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला विमानस्थलबाट फिर्ता

[ad_1]

भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला विमानस्थलबाट फिर्ता

फाइल तस्वीर

८ भदौ, काठमाडौं । नेपाल प्रहरीले कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलमा रोकेको छ । बुधबार बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो ।

कुवेतमा भिजिट भिसामा जान लागेको देखिए पनि उनीहरु रोकिएका हुन् । उनीहरुले बोकेको कागजातसँग उनीहरुको दाबी मेल नखाएपछि प्रहरीले प्रस्थान कक्षकै गेट क्षेत्रमा रोकेको थियो ।

‘दुबईमा भिजिट भिसामा जान लागेको भनेका थिए, तर विश्वसनीय आधार नदेखिएपछि फर्काएका हौं,’ प्रहरी स्रोतले भन्यो । उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कुवेत हुँदै दुबई जाने कुरामा आशंका भएपछि प्रहरीले सोधपुछ गरेको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही प्रहरीले नै महिलाहरुलाई फर्काएको बताउँछन् ।

‘अध्यागमनसम्म उहाँहरु आउनु भएन,’ उनले भने, ‘प्रहरीले गेट क्षेत्रबाटै उहाँहरुलाई फिर्ता गरिदिएको बुझेका छौं ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्