सप्तरीमा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद – Online Khabar

सप्तरीमा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद – Online Khabar

[ad_1]

६ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर-२ बनैनियाबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ । पेस्तोलसँगै एक राउण्ड ८ एमएमको गोली पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बनैनिया बोर्डर ईलाका स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट सशस्त्र प्रहरी सहायक प्रहरी निरीक्षक तुलसी राम काकीको नेतृत्वमा ५ जनाको गस्ती टोलीले सरप्राइज चेक प्वाइन्ट थापेको थियो ।

सप्तरीमा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद – Online Khabar

चेकजाँच गर्ने क्रममा आइतबार भारतीय सीमाबाट नेपालतर्फ आउँदै गरेका २ जना अपरिचित व्यक्तिहरुले सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिकै शंकास्पद वस्तु फालेर फरार भागेका थिए ।

खोजतलाशको क्रममा १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ८ एमएमको एक राउण्ड गोली फेला परेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्