‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

[ad_1]

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ । फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ ।

छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो ।

कलाकारले दैनिक पारिश्रमिक नपाउने सहितका केही सर्तमा फिल्म सुटिङ सुरु भएको तेलुगू सञ्चारमाध्यमले जनाएका छन् । ‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको उल्लेख गरेका छन् ।

‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

सुकुमार निर्देशित फिल्म पुष्पा : द राइजमा अल्लु अर्जुनले रक्तचन्दन ओसारपोसार गर्ने एक लरी चालकको भूमिका निर्वाह गरेका छन् । एक वर्षअघि रिलिज भएको फिल्मले कोरोना महामारीपछि व्यावसायिक सफलता हासिल गर्ने पहिलो फिल्म बनेको थियो ।

फिल्मले विश्व बक्स अफिसमा ३०० करोड भारु कमाएको जनाइएको छ । हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा फिल्म रिलिज भएको थियो । यो फिल्म भारतभर रिलिज हुने अल्लु अर्जुनको पहिलो फिल्म पनि थियो ।

पुष्पा : द रुल चाहिं सन् २०२२ को डिसेम्बरमा रिलिज हुने हिन्दूस्तान टाइम्सले जनाएको छ ।

यसैबीच, रजनीकान्तको फिल्म ‘जेलर’को छायांकन पनि सोमबारदेखि सुरु भएको पिंकभिल्लाले जनाएको छ । निर्माताले रजनीकान्तको जेलर लुक्स पनि सार्वजनिक गरेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्