भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला – Online Khabar

भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला – Online Khabar

[ad_1]

भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला – Online Khabar

फाइल तस्वीर

५ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता-चप्पल व्यापार मेला हुने भएको छ । मेलामा स्वदेशमा उत्पादित जुत्ता-चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गरिने फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार मेला २० भदौसम्म चल्ने छ।

एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेकाअनुसार आयात प्रतिस्थापन गरी जुत्ता-चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेला आयोजना गरिएको हो ।

मेला कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि सहयोगी हुने उनको भनाइ छ । आयोजकका अनुसार ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्तामा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्