पूर्वराष्ट्रपति यादव – Online Khabar

पूर्वराष्ट्रपति यादव – Online Khabar

[ad_1]

पूर्वराष्ट्रपति यादव – Online Khabar

डा. रामवरण यादव । तस्वीर :आर्यन धिमाल/अनलाइनखबर

५ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय प्रदीप गिरि कल्याणकारी राज्यको पक्षधर भएको बताएका छन् ।

गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न मेडिसिटी अस्पताल पुगेका डा. यादवले तीक्ष्ण बुद्धि, बौद्धिक व्यक्तित्व, अध्ययनशील र पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू दु:खित रहेको बताए ।

बीपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराईमा अत्यन्तै लोकप्रिय रहेको डा. यादवले बताए । ‘उहाँ राष्ट्र र राजनीति बुझेको माानिस’, गिरिलाई सम्झँदै यादवले भने, ‘सम्पूर्ण देशलाई बुझेको मानिस ।’ गिरि सबैको विचारका अध्येता र अध्ययनशील व्यक्ति रहेको यादवले बताए ।

गिरिको शनिबार राति उपचारकै क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्