पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

[ad_1]

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

फाइल तस्वीर

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्