‘प्रकाश’ले जुम्लामा प्रिमियर गर्ने, निर्देशक भन्छन्- सेलिब्रिटी रेडकार्पेटविरुद्ध सन्देश

‘प्रकाश’ले जुम्लामा प्रिमियर गर्ने, निर्देशक भन्छन्- सेलिब्रिटी रेडकार्पेटविरुद्ध सन्देश

[ad_1]

‘प्रकाश’ले जुम्लामा प्रिमियर गर्ने, निर्देशक भन्छन्- सेलिब्रिटी रेडकार्पेटविरुद्ध सन्देश

‘प्रकाश’का मुख्य कलाकार प्रदीप खड्का र रेणु योगी । फाइल तस्वीर

काठमाडौं । छायांकन भएकै थलोमा फिल्म ‘प्रकाश’ले विश्व प्रिमियर आयोजना गर्ने भएको छ । आगामी आइतबार जुम्लाको तिर्खु गाउँस्थित मोक्ष माध्यमिक विद्यालयमा प्रिमियर हुने भएको हो ।

फिल्मको छायांकन पनि सोही गाउँमा भएको हो । प्रिमियरको लागि पटकथाकार विकास सुवेदीसहितको टोली त्यसतर्फ जाने भएको छ । कमाइबाट प्राप्त हुने केही हिस्सा स्कुललाई प्रदान गरिने निर्देशक दिनेश राउतले बताए ।

मल्टिप्लेक्समा सेलिब्रिटीको चमकधमकसहित प्रिमियर आयोजना गर्ने रेडकार्पेट प्रिमियरको ट्रेन्ड विपरीत ‘प्रकाश’ले भने छायांकन भएकै थलो रोजेको हो । ‘यो प्रिमियर फिल्म निर्माणको उद्देश्य र यसको प्रवृत्तिमाथि एउटा सन्देश पनि हो,’ जुम्ला प्रिमियरको निर्णयपछि दिनेश राउतले अनलाइनखबरसँग भने ।

प्रिमियरमा फिल्म हेर्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी र पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई निम्तो दिइएको छ । जुम्लाको परिवेशमा कथा आधारित भएकाले पनि प्रिमियरका लागि सोही ठाउँलाई रोजिएको निर्माताले बताए ।

काठमाडौंमा चाहिं भदौ ८ गते बुधबार फिल्मको प्रिमियर हुने भएको छ । फिल्मले आर्थिक, सामाजिक र राजनीतिक कठिनाइको बाबजुद शिक्षक बन्न संघर्ष गर्ने मुख्य पात्रको कथा पेश गर्छ ।

फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्