[ad_1]
काठमाडौं । स्टेज नाम- भेक । वास्तविक नाम- विवेक वाइवा लामा ।
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चम्किएका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । उनी यतिबेला नेपालमात्र हैन, विश्व प्लेटफर्ममा चम्किएका छन् ।
टुबोर्ग ओपन २०२२ बाट उनी उदयीमान कलाकारको रुपमा छनौट मात्र भएनन्, विश्वचर्चित गायक जेसन डेरुलोसँग हलिउड सहर लस–एन्जल्समा पुगेर व्यवसायिक र व्यक्तिगत मेन्टरिङ क्लास पनि सिके ।
टुबोर्ग र भेकले एउटा नयाँ गीतमा सहकार्य पनि गरेका छन् । उनको लस-एन्जल्स यात्रा र उनको अनुभवबारे अनलाइनखबरले भेकसँग संक्षिप्त संवाद गरेको छ ।
गायक जेसन डेरुलोसँग तपाईंको मेन्टरिङ अनुभव कस्तो रह्यो ? तपाईंले त्यस्तो के कुरा सिक्नुभयो ?
म टुबोर्ग ओपन २०२२ को लागि उदीयमान कलाकारको रुपमा छनौट भएँ । सोहीअनुसार मैले अमेरिकाको लस-एन्जल्समा जेसन डेरुलोलाई भेट्ने अवसर पाएँ । सबै यात्रा, बसाइ र मेन्टरिङको जिम्मा टुबोर्गले लिएको थियो । कोभिडले अन्तर्राष्ट्रिय यात्रामा व्यवधान भएपनि मैले जेसनलाई भेट्ने मौका पाएँ । जेसनसँग मेन्टरिङ लिन पाउनु मेरो लागि सौभाग्य थियो । एउटा गीत विकास गर्न धेरै अनुभवबाट गुज्रनुप¥यो । सम्पूर्ण सेटअप धेरै व्यवसायिक तरिकाबाट गरिएको थियो ।
जेसनको सामुन्ने आफ्नो प्रस्तुति दिँदा तपाईंको अनुभव कस्तो रह्यो ? तपाईंलाई कस्तो सुझाव दिए उनले ?
हामीलाई गीतको शब्द रचना गर्न भनियो । जेसनबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि हामीले गीतलाई स्टेजमा प्रस्तुत गर्यौं । व्यक्तिगतरुपमा पनि उनले मलाई आफ्नो सांगीतिक यात्रामा सत्यवादी बन्न आग्रह गरे । समग्रमा हामीसँगको छलफल गर्दा पनि जेसनलाई मैले निकै सरल पाएँ ।
टुबोर्ग ओपन प्रोजेक्ट भनेको के हो र यसमा तपाईंको योगदान कस्तो रहनेछ ?
टुबोर्ग ओपनि विभिन्न अन्तर्राष्ट्रिय कलाकारहरुसँग सहकार्य गर्ने प्लेटफर्म हो । वर्षेनी टुबोर्ग विभिन्न मुलुकका स्थानीय कलाकारलाई अवसर प्रदान गर्न अन्तर्राष्ट्रिय सहकार्य लिएर आउँछ । मलाई टुबोर्गले नेपालका अन्य ६ देशका उदयीमान गायकहरुसँग जेसनसँग मेन्टरिङ सत्रको लागि छनौट गरेको थियो ।

डेरुलोसामु तपाईंले कुन-कुन ट्रयाक प्रस्तुत गर्नुभयो ?
मैले अंग्रेजी गीत ‘नानी’ जेसनसामु प्रस्तुत गरेँ ।
तपाईंजस्ता इमर्जिङ आर्टिस्टले डेरुलो र उनको गायकीबाट कस्ता विशेषता सिक्नु जरुरी छ ?
टुबोर्गले प्रदान गरेको मेन्टरिङ सत्रमा जेसनसँग मैले राम्रो अन्तर्राष्ट्रिय प्लेटफर्म पाएँ । मैले अन्य व्यक्तिहरुसँग अन्तक्रिया गर्दा अझै बढी व्यवसायिक हुन र व्यक्तिगतरुपमा सरल हुन पनि सिकेको छु ।
तपाईंको लागि संगीत के हो ? तपाईं कुन गायकलाई आफ्नो आदर्श मान्नुहुन्छ ?
मलाई थाहा छ कि संगीत कलाको उत्कृष्ट रुप हो र म यसको हिस्सा हुन पाउँदा धन्य महसुस गर्छु । त्यहाँ केही कलाकार छन् जो जस्तो म बन्न चाहन्छु । तर, म स्वप्नील शर्मा र क्रिउ ब्राउनको ठूलो फ्यान हुँ ।
नेपाली संगीतको नयाँपुस्ताको चुनौति के हुन् ? न्यू जेनेरेसनले आफूलाई कुन-कुन पक्षमा आफूलाई विकसित गर्नु जरुरी छ ?
प्राविधिक रुपमा संगीत उत्पादन गर्न पहिलेको तुलनामा धेरै सजिलो भएको छ । तर, गुणस्तरीय संगीत सिर्जना गर्नु मुख्य चुनौति हो ।
तपाईंका आगामी योजना कस्ता छन् ? कुन जनरा ? कुन एल्बम, ट्रयाक, कन्सर्ट वा अन्य कुनै योजना ?
भर्खरै मैले २८ वटा गीत समावेश एल्बम ‘सम्पन्न’ सार्वजनिक गरेको छु । मलाई प्रयोगमा रुचि छ त्यसैले विशेष विधामा झुकाव छैन । यसबाहेक मैले युटयुवमा प्रशस्तै कन्टेन्ट सार्वजनिक गर्दै आएको छु र भविष्यमा पनि धेरै टुरको योजना बनाएको छु ।
[ad_2]
Source link








