अवरोधका बीच २८४ गाडीले फोहोर फाले – Online Khabar

अवरोधका बीच २८४ गाडीले फोहोर फाले – Online Khabar

[ad_1]

अवरोधका बीच २८४ गाडीले फोहोर फाले – Online Khabar

फाइल तस्वीर

२ भदौ, काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेता पनि फोहोर विसर्जन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयवासीको अवरोध हटाउन बिहीबार पनि धेरै संख्यामा प्रहरी खटाइएको थियो । महानगरका प्रवक्ता नवीन मानन्धरले सामान्य अवरोध पछि २८४ गाडी फोहार खसेको बताए ।

मानन्धरका अनुसार पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने माग राखेर बिहीबार बिहान केही समय स्थानीयले फोहोर फाल्न अवरोध खडा गरेका थिए ।

बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा ४ बुँदे सहमति भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्