कलंकीको खसी बजार हटाउन १५ दिने सूचना – Online Khabar

कलंकीको खसी बजार हटाउन १५ दिने सूचना – Online Khabar

[ad_1]

कलंकीको खसी बजार हटाउन १५ दिने सूचना – Online Khabar

फाइल तस्वीर

२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ स्थित कलंकीमा रहेको खसी बजार १५ दिन भित्र हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ ।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै सामूहिक उजुरी आएकोले खसी बजार हटाउन लागिएको महानगरले जनाएको छ ।

उजुरीपछि महानगरले गरेको वातावरणसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार खसी बजारले वातावरणमा गम्भीर असर परेको, फोहोर मैलाले जटिल समस्या सिर्जना गरेको उल्लेख छ ।

७ रोपनी ८ आना जग्गामा रहेको खसी बजारको वैकल्पिक व्यवस्था व्यवसायी आफैंले गर्नुपर्ने भन्दै खसी बजार नहटाए कानुन अनुसार हटाइने समेत सूचनामा उल्लेख छ । महानगरले बस्तीको बीचमा यस्ता प्रकृतिका व्यापारलाई निरुत्साहित गर्ने जनाएको छ ।

हेर्नुहोस् सूचनाः

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्