राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल

राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल

[ad_1]

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई भेटन आइतबार भुवन राजेशलाई लिएर पर्यटन बोर्डमा पुगेका थिए । दुई पक्षबीच भएको छलफलमा फिल्ममार्फत पर्यटन विकासमा सघाउन सकिने उपायबारे छलफल भएको थियो ।

सरकारले हालै घोषणा गरेको नेपाल भ्रमण दशकलाई फिल्म क्षेत्रको माध्यमबाट कसरी योगदान पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल भएको भेटपछि अध्यक्ष केसीले जानकारी दिए ।

राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल

छलफलमा पर्यटन बोर्ड सीईओ रेग्मीले नेपाललाई अन्तर्राष्ट्रिय छायांकन थलोको रुपमा विकास गर्नुपर्ने र यसका लागि बोर्डले नेपालमा छायांकन हुने फिल्मलाई छुट दिन आफूहरु तयार रहेको बताएका थिए ।

सरकारले पनि यो आर्थिक वर्षको बजेटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय छायांकन केन्द्रको रुपमा विकास गर्ने घोषणा गरिसकेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्