अटिजम प्रभावित बालबालिकालाई पुष्प र श्रद्धाले गराए मनोरञ्जन

अटिजम प्रभावित बालबालिकालाई पुष्प र श्रद्धाले गराए मनोरञ्जन

[ad_1]

काठमाडौं । फिल्म रिलिज मिति नजिकिंदै जाँदा फिल्म ‘कृष्णलीला’ टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ ।

सोमबार फिल्म युनिटले ललितपुरको हरिसिद्धिस्थित अटिजम केयर नेपाल सोसाइटीमा पुगेर अटिजम प्रभावित बालबालिकासँग समय बितायो । अभिनेता पुष्पक खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, निर्देशक दीपक वली लगायत त्यहाँ पुगेका थिए ।

कलाकारसहितको फिल्म टोलीले बालबालिकासँग फिल्मको गीतमा नाचेर मनोरञ्जन दिलायो । साथै, उनीहरुले बालबालिकालाई खानेकुरा समेत वितरण गरे । प्रमुख भूमिकामा अभिनय गरेका पुष्पले फिल्ममा अटिजम प्रभावित चरित्र निर्वाह गरेका छन् ।

अटिजम प्रभावित बालबालिकालाई पुष्प र श्रद्धाले गराए मनोरञ्जन

फिल्मको रिल लाइफमा अटिजम सर्भाइभर बनेका पुष्पले वास्तविक जीवनमा पनि अटिजम प्रभावितलाई भेटेका हुन् । ‘कृष्णलीला’ कृष्ण जन्माष्टमी छेकोमा भदौ ३ गते प्रदर्शन हुँदैछ ।

उक्त मितिमा ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ पनि प्रदर्शनको तयारीमा छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्