सोमबारे व्रत समाप्त, हेर्नुस् पाशुपत क्षेत्रका १३ तस्वीर

सोमबारे व्रत समाप्त, हेर्नुस् पाशुपत क्षेत्रका १३ तस्वीर

[ad_1]

३० साउन, काठमाडौं । आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा चहल पहल छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको पि्रय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

सोमबारे व्रत समाप्त, हेर्नुस् पाशुपत क्षेत्रका १३ तस्वीर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्