नयाँ हिमालमा आरोहण अनुमति दिने सरकारको तयारी – Online Khabar

नयाँ हिमालमा आरोहण अनुमति दिने सरकारको तयारी – Online Khabar

[ad_1]

नयाँ हिमालमा आरोहण अनुमति दिने सरकारको तयारी – Online Khabar

फाइल तस्वीर

२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताएका छन् ।

आइतबार नेपाल पर्वतारोहण संघको ३२औं साधरण सभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणका लागि अनुमति दिने तयारी रहेको बताए ।

उनले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए ।

पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन, कानून र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको उनले बताए । सरकारले विगतमा एक वर्षका लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने उनको भनाइ छ ।

नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाइहरुमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसगँ सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्नेमा जोड दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्